काठमाण्डौ । सेयर बजार आज दिनभरको कारोबारमा १९०८ को विन्दुमा सपोर्ट लिएर फर्किएको छ। 

आजको कारोबारलाई बोलिंगर ब्यान्डको आवरली चार्टमा राखेर हेर्ने हो भने दिनभरको कारोबारमा मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ (हेर्नुहोस् कालो एरो)। योसँगै आज मध्य ब्यान्डभन्दा माथि ह्याम्मर आकृतिका साना र छोटा क्यान्डल बनेका छन्। 

बजारलाई अघिल्लोपटकको न्यून विन्दु १८०८ देखि उच्च विन्दु १९८३ सम्म फिवोनासी तानेर हेर्ने हो भने हालसम्म बजार ०.५ प्रतिशतको करेक्सन १९०८ को विन्दुमा बलियो सपोर्ट लिएर पुनः फर्किएको देखिन्छ। आगामी कारोबारमा यदि बजार यही विन्दुबाट फर्केर माथि–माथि कारोबार हुन्छ भने डाउ थेउरीअन्तर्गत बजारले हायर–हाईको यात्रा बनाउँदै गरेको बुझिन्छ। 

बजारले हायर–हाई नै बनाउन भने यो साता अघिल्लोपटकको उच्च विन्दु १९९० भन्दा माथि गएर बजार बन्द हुनुपर्ने हुन्छ। यसविपरीत यदि बजारले पुनः फिवोनासीको ०.६१ प्रतिशत अर्थात १८७५ को विन्दुभन्दा तल–तल कारोबार हुन्छ भने बजारले पुनः लोअर–लो बनाउन झरेको बुझिनेछ। लोअर–लो नै बनाउन भने बजार अघिल्लोपटकको न्यून विन्दु १८०८ भन्दा तल आउनुपर्ने हुन्छ। 

पिभटमार्फत नियाल्ने हो भने पनि यो साताको पिभट प्वइन्ट १८८० भन्दा माथि नै रहेका कारण बजार मजबुत नै रहेको देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)