काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज फेरि बोलिंगर ब्यान्डको मध्य ब्यान्डभन्दा माथि बुलिस पिनबार बनेको छ। (हेर्नुहोस् कालो एरो) 

केही समय पहिला बोलिंगर ब्यान्डको तल्लो ब्यान्डमा बुलिस पिनबार बन्दा बजार लगभग ३०० अंकभन्दा बढीले बढेको थियो। 

आज बजार दिनभर उच्च उतारचढाव देखिए पनि न्यून विन्दु १९९१ बाट फर्केर २०४३ मा बन्द भएको छ। 

प्राविधिक रुपमा अघिल्लो दिन रातो मारुबुजु क्यान्डल बन्नु र भोलिपल्ट ह्याम्मर आकृति बन्छ भने यस्तो अवस्थालाई बुलिस पिनबार बनेको मानिन्छ। अबको बजारको यात्रा बोलिंगर ब्यान्डको अप्पर ब्यान्डतर्फ हुने देखिन्छ। 

त्यसैगरी म्याक्डीमार्फत पनि गत २६ जुनमा बनेको बुलिस क्रसओभर अझै भ्यालिड रहेको छ। 

आरएसआईले पनि ५१ को न्युट्रल जोनबाट अप ट्रेन्डको संकेत गर्छ भने सुपर ट्रेन्डले बजार बुलिस नै रहेको देखाउँछ।