काठमाण्डौ । सेयर बजार बिहीबार ओरालो लागेको छ।
बजार आज ९.८३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८३८.९६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.४५ अंकले घटेर ३५९.४३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ६५ करोड रुपैयाँ बढीको मात्रै भएको छ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल तरलता संकटकै कारण बजार घटेको बताउँछिन्। ‘तरलता सहज नहुनु भनेको ब्याजदरमा वृद्धि हुनुले हो’, उनले भनिन्, ‘राष्ट्र बैंक अनुदार भएका कारण तरलतामा चाप परेको छ।’
तरलता सहज गर्ने उपाय राष्ट्र बैंकसँग रहेकोले सीडी रेसियोलाई सीसीडी रेसियो परिमार्जन गर्ने र एसएलआरलाई सहज गर्नुपर्ने पोखरेलको भनाइ छ। ‘यसमा राष्ट्र बैंकले सोच्नुपर्छ’, उनले भनिन्, ‘हामीले यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र सेबोनमा जानकारी गराइसकेका छौँ।’
बजार जानकार वीरेन्द्र बिष्ट बजार धेरै घटिसकेको अब नघट्ने बताउँछन्। ‘ब्याजदरका विषयमा सरकारले हस्तक्षेप गर्न सक्ने देखिएको छ’, उनले भने, ‘किनकि अर्थमन्त्रीले पनि यस विषयमा गम्भीर चासो देखाएका छन्।’
केही दिनभित्रै ब्याजदरमा सरकारले हस्तक्षेप गर्न सक्ने बिष्टको भनाइ छ। ‘त्योसँगै बजार पनि लयमा फर्किनेछ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक १.५६ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह १.०४ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०२ प्रतिशत, विकास बैंक समूहमा ०.८२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१६ प्रतिशत, जलविद्युत समूहमा ०.९८ प्रतिशत, लगानी समूहमा ०.६ प्रतिशत, जीवन बीमा समूहमा ०.४८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७८ प्रतिशत, अन्य समूहमा ०.९८ प्रतिशत र व्यापार समूहमा ०.०६ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका २५ लाख ४२ हजार ८९९ कित्ता सेयर ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक २ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। बोटलर्स नेपाल (तराई)को २ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको १ करोड ६१ लाख रुपैयाँ, रिडी पावरको १ करोड ५७ लाख रुपैयाँ, अरुण काबेली पावरको १ करोड ५३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ४३ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको १ करोड ४२ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ४२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १ करोड ३३ लाख रुपैयाँ र एसीसी बैंकको १ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सामलिंग पावरका सेयरधनीहरुले धेरै कमाएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन विन्ध्यावासिनी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19