– अनन्त्य सुन्दर
काठमाण्डौ । साधारण सेयरजस्तो प्रमोटर (संस्थापक) सेयर बेच्ने प्रक्रिया सहज छैन। लगानीकर्ताले आफूसँग भएको प्रमोटर सेयर बेच्न सर्वप्रथम कम्पनीमा आवेदन दिनुपर्छ। दुई प्रतिशतभन्दा कम सेयर भएमा कम्पनीको सञ्चालकहरुले स्वीकृति दिए पुग्छ। दुई प्रतिशतभन्दा बढी भएमा राष्ट्र बैंकबाट पनि स्वीकृति आवश्यक पर्छ।
कम्पनीले ३५ दिनको सूचना जारी गर्दै प्रमोटरले बेच्न चाहेको सेयर कम्पनीको अन्य प्रमोटरहरुलाई खरिद गर्ने मौका दिइन्छ। कम्पनीका अन्य प्रोमोटरहरु उक्त सेयर खरिद गर्न इच्छुक नभएमा उक्त सेयर सेबोन र नेप्सेको स्वीकृतिपश्चात् ब्रोकरकोमा आउँछ। त्यसपश्चात् प्रमोटरले आवश्यक कागजात पूरा गरेपछि ब्रोकरले कारोबारको स्वीकृतिका लागि सेबोन र नेप्सेमा पठाउने प्रक्रिया छ।
नेप्सेमा स्वीकृतिका लागि पठाउँदा नेप्सेले मौखिक रुपमा नै सेयरको मूल्यको दायरा तोक्दिने एक ब्रोकरको सञ्चालक बताउँछन्। ‘मौखिक रुपमा नै मूल्य निर्धारण हुँदा कारोबारमा समस्या आएकाले नेप्सेको सीईयो चन्द्रसिंह साउद हुँदा नै हामीले मूल्य लिखितमा नै आउनुपर्छ भनेर पहल गर्यौँ। तर पत्र लेखेपछि समस्या झन बढ्यो’, ती सञ्चालकले भने, ‘पहिला स्वीकृति आजको भोलि हुन्थ्यो। तर, पत्रपश्चात् १०–१२ दिन लाग्न थाल्यो।
ती सञ्चालका अनुसार प्रमोटरले बुक क्लोजअघि नै कारोबार गर्नुपर्ने हुन्छ। ‘तर नेप्सेमा स्वीकृति गर्न ढिलाइ हुँदा बुक क्लोज नाघेपछि खरिद गरिएको सेयर खरिदकर्ताले पाए पनि बोनस सेयर बिक्रीकर्ता कै नाममा बस्छ। उक्त सेयर बिक्री गर्न पुनः कम्पनीबाट स्वीकृतिदेखिको प्रक्रिया पूरा गर्नु पर्छ’, ती सञ्चालकले भने, ‘नेप्सेमा अहिले नेतृत्व नभएकाले पनि उक्त समस्या आएको हुन सक्छ।’
नेप्सेका प्रवक्ता मुराहरि पराजुली वर्षौंदेखि नै लिखित रुपमा मूल्य निर्धारण हुँदै आएको बताउँछन्। ‘लिखितमा नदिई कारोबार कसरी हुन्छ?’, प्रश्न गर्दै पराजुली भन्छन्, ‘बीचमा केही दिन समस्या आएकाले रोकिएको थियो। लिखितमा नदिने भन्ने हुँदैन। त्यसैले उक्त आरोप आरोपमात्र हो, कुनै सत्यता छैन।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19