market down
काठमाण्डौ । सर्किट ब्रेकर लागेर स्थगित भएको कारोबार सुचारु भएपछि केही समय सुधारको पथमा लम्किएको बजार फेरि घटेर बन्द भएको छ ।
१५७८ अंकमा झरेको बजार सु्धार भएर १६३१ मा पुगे पनि घट्ने क्रम फेरि सुरु भई १५९९.६२ अंकमा पुुगेर बन्द भएको हो ।
बजारमा सेयर बिक्रीको चाप उच्च देखिएको छ । खरीद गर्ने भन्दा बियरिस मार्केटमा बिक्री गर्नेको चाप बढी रहेका कारण कारोबार रकम १ अर्ब २४ करोड पुुगे पनि नेप्से परिसूचक भने ५८.४६ अंक(३.५३ प्रतिशत)ले घटेको हो ।
आइतबार सबै समूहको सूचकमा रातो पोतिएको छ । सबैभन्दा बढी बिमा समूह र जलविद्युत समूह घटेका छन् । बिमा समूह ४००.६७ अंकले घट्यो भने जलविद्युत समूहमा ८६.०७ अंकको पहिरो गयो ।
वाणिज्य बैंक समूहमा पनि ५८.८८ अंकले पहिरो गयो । विकास बैंक र बित्त समूह क्रमशः ५३.८३ र ३०.७७ अंकले घटे । होटल ३५.८८, उत्पादनमूलक ३०.४५, र अन्य समूह ४.३४ अंकले घटे ।
'क' वर्गको कम्पनीहरुमा बिक्रीको चाप बढेका कारण सेन्सेटिभ इण्डेक्स १३.२४ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनी
आइतबार पनि सबैभन्दा बढी एभरेष्ट बैंकको १८ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। नेशनल लाइफ इन्स्योरेन्सले ११ करोड बढीको कारोबार गर्यो भने शिखर इन्स्योरेन्सले ७ करोड ६० लाख, सिद्धार्थ बैंकले ५ करोड ३६लाख, बैंक अफ काठमाण्डू लिमीटेडल ५ करोड, सिभिल बैंकले ४ करोड ३५ लाख बराबरको कारोबार गरे । यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सले ३ करोड ५४ लाख, नेपाल लाइफले ३ करोड, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ७० लाख र सिद्धार्थ डेभलपमेन्ट बैंकले २ करोड ६७ लाख बराबरको कारोबार गरे ।
धेरै कमाउने कम्पनी
आइतबार साना कम्पनीले कमाए भने अधिकांश ठूला कम्पनी ठूलो क्षति व्यहोर्नुपर्यो । बियरिस मार्केटमा साझा विकास बैंकका लगानीकर्ताले ४ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । यस्तै, सेती फाइनान्सका लगानीकर्ताले साढे ३ प्रतिशतको हाराहारीमा कमाए ।
कसले कति गुमाए ?
बजारमा ८ वटा कम्पनीले मात्र कमाए । बाँकी सबै कम्पनीको सेयर मूल्यमा गिरावट आयो ।
आइतबार तीनदर्जन कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा बढीले गिरावट आयो । सबैभन्दा बढी महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ८.५६ प्रतिशतले घट्यो । यस्तै, हिमालयन बैंक लिमीटेडको सेयर मूल्य ८.११ प्रतिशत, टुरिजम डेभलपमेन्ट बैंकको सेयर मूूल्य ८ प्रतिशतले घट्यो ।
आठवटा कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो । एभरेष्ट इन्स्योरेन्सले ७.६८, स्वालम्बन विकास बैंकले ७.६५, सिटिजन इन्भेष्टमेन्ट टस्टले ७.५५ प्रतिशत, गुरास लाइफ इन्स्योरेन्स कम्पनीले ७.३९ प्रतिशत, एभरेष्ट बैंकले ७.२७ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले ७.२६प्रतिशत, प्रिमियर इन्स्योरेन्सले ७.१६र नेपाल इन्स्योरेन्स कम्पनीले ७.१३ प्रतिशतले सम्पत्ति गुमाउन पर्यो ।
१४ वटा कम्पनीको सेयर मूल्य ६ प्रतिशतदेखि साढे ६ प्रतिशतको हाराहारीमा घट्यो । ती कम्पनी यति डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स, रिदी हाइडोपावर डेभलपमेन्ट कम्पनी, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, सिभिल बैंक, रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमीटेड, आइएलएफसीओ माइक्रो फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, बुटवल पावर कम्पनी लिमीटेड, बोटलर्स नेपाल तराई लिमीटेड रहेका छन् ।
आइतबार १० कम्पनीको सेयर मूल्य ५ प्रतिशतदेखि ६ प्रतिशतको हाराहारीमा घट्यो । ती कम्पनीहरुमा लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी लिमीटेड, नेपाल लाइफ इन्स्योरेन्स, जानकी फाइनान्स लिमीटेड, निर्धन उत्थान बैंक, न्याग्दी ग्रुप पावर लिमीटेड, प्राइम कमर्सियल बैंक लिमीटेड, प्रभू इन्स्योरेन्स, अरुण हाइड्रो पावर कम्पनी रहेका छन् ।
१४ वटा कम्पनीले ४ देखि ५ प्रतिशतको बीचमा सम्पत्ति गुमाएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago