काठमाण्डौ । बजार बुलिस गतिमा कुदिरहेको बेला एकपछि अर्को गर्दै नेप्सेमा नयाँ नयाँ रेकर्ड बनिरहेको छ । यो क्रममा बिहीबार नेप्सेमा दुईवटा रेकर्ड बन्यो । 

यो दिन कारोबार संख्यामा नयाँ रेकर्ड बन्यो भने योसँगै कुल कारोबारमा आएका सेयर संख्याले समेत सर्वाधिक उचाई चुम्यो ।

झण्डै ४ अर्ब बढीको कारोबार भएको यो दिन नेप्सेमा १९१ कम्पनीका १ करोड ३२ लाख १८ हजार ६९९ कित्ता सेयरको कारोबार भयो । हालसम्म एकैदिन दोश्रो बजारमा यति धेरै कित्ता सेयरको कारोबार भएको थिएन । 

यो दिन नेप्सेमा ३० वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । १० प्रतिशत वा १० प्रतिशत हाराहारीमा सेयरमूल्य बढेपछि सर्किट लगाइने गरिन्छ ।