काठमाण्डौ । सोल्टी होटलको एकैदिन ठूलो परिमाणमा सेयर किनबेच भएका कारण साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्जमा नयाँ रेकर्ड बनेको छ । 

यो दिन हालसम्मकै सर्वाधिक कित्ता कारोबारको रेकर्ड बनेको हो । 

आइतबार बजारमा १९१ कम्पनीका १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता सेयर किनबेच भयो । 

जसमध्ये सबैभन्दा बढी सोल्टी होटलको मात्रै ८४ लाख ९५ हजार ४३८ कित्ता सेयर किनबेच भयो । यो कम्पनीको सेयर प्रतिकित्ता १८३ देखि १८६ सम्ममा किनबेच भएको हो ।