काठमाण्डौ । आज नेप्सेमा भीषण पहिरो जाँदा नयाँ रेकर्ड कायम भएको छ।
नेप्से परिसूचकमा आज आइतबार ६ प्रतिशत अर्थात् १२३.६४ अंकको फराकिलो अंकले भारी गिरावटको कीर्तिमान बनेको हो । नेपालको सेयर बजारमा अहिलेसम्म नेप्से तेहेरो अंकले घटेको थिएन ।
आज बिहानै देखि नेप्से परिसूचकमा गिरावट आइरहेका बेला दिउँसो २ः१३ मा १२३.३४ अंकको भारी गिरावटले निर्धारित कारोबार समयअगावै सेयर कारोबार बन्द हुन पुगेको छ ।
परिसूचक १२३.३४ अंकको गिरावट आई नेप्से १९३२.११ विन्दूसम्म झर्दा नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये आज कारोबार भएका ४ कम्पनीबाहेक १६९ कम्पनीका सेयरमूल्यमा गिरावट आयो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago