काठमाण्डौ । धितोपत्र कारोबारको चौथो दिन आज बुधबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। आज कारोबार रकमसमेत घटेर ५ अर्ब १४ करोड रुपैयाँ सीमित बनेको छ।
आज परिसूचक ६.२० अंकले घटेर २०५५.२२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ अंकले ओरालो लागेर ३८६.९८ को विन्दुमा खुम्चिएको छ।
नेप्से परिसूचकले अलटाइम हाई २०७१ विन्दुलाई यो साता तोड्ने प्रयास आज पनि सफल हुन सकेन। अलटाइम हाई विन्दुलाई तोड्न बजार करेक्सन हुनैपर्ने विश्लेषकहरुको धारणा छ ।
परिसूचक वृद्धिका लागि कारोबार भोल्युमले समेत स्पष्ट साथ नदिएकाले बजारले पुनः एकचोटि करेक्सन खोजिरहेको विश्लेषकहरु भनाइ छ। लगानीकर्ताहरुको बलियो मनस्थिति हुँदाहुँदै पनि २१ सय विन्दु पार गर्न थप अझै केही साता लाग्ने र बजार साइडवेजमा जाने विश्लेषकहरु बताउँछन्।
बजारले माथिल्लो उचाइ छुने प्रयासरत रहँदा हिजोआज विस्तारै बैंकिङ सेक्टरमा समेत चार्म देखिन थालेको छ। लगानीकर्ताहरु हिजोआज बैंक र लघुवित्तमा आकर्षण देखाइरहेको ब्रोकरहरु बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ५ वटामा रातो पोतिएको छ।
यो दिन लघुवित्त समूहमा सर्वाधिक ७६.५७ अंकको बढोत्तरी भएको छ। व्यापार समूह २४.१६ अंकले बढेको यो दिन बैंकिङ समूह ०.९५ अंक, होटेल्स् समूह ७.२७ अंक, विकास बैंक समूह ९.६ अंक, उत्पादन तथा प्रशोधन समूह २०.७२ अंक र म्युचुअल फन्ड समूह ०.०१ प्रतिशतले उकालो लागेका छन्।
यो दिन जीवन बीमा समूहमा सबैभन्दा धेरै १६०.८५ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १३८.४२ अंकले घटेको यो दिन जलविद्युत् समूहमा २४.३६ अंक, वित्त समूहमा २.१ अंक र अन्य समूहमा २६.०२ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९९ कम्पनीका १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता सेयर ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँमा कारोबार भएको छ।
आज एनसीसी बैंकको सर्वाधिक ३९ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ३९ लाख रुपैयाँ, नबिल बैंकको १८ करोड ४८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १४ करोड ७६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड ९ लाख रुपैयाँ, ानेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड ९७ लाख रुपैयाँ, आरएमडीसी लघुवित्तको १२ करोड १३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ३९ लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्कि लागेको छ। यो दिन छ्याङ्दी हाइड्रोपावर र महुली सामुदायिक लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र समिट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, आरएमडीसी लघुवित्त, माउन्टेन इनर्जी र सूर्योदय लघुवित्तको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यीमध्ये माउन्टेन इनर्जीको सेयर कारोबार आजबाट धितोपत्र दोस्रो बजारमा खुलेको हो। आज एनसीसी बैंकको सेयरमूल्य पनि ८ प्रतिशत बढीले बढेको छ।
यो दिन एनएमबी ५० का इकाइधनीहरुले धेरै गुमाए। यो योजनाको इकाइमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago