काठमाण्डौ । पछिल्लो समय नेप्से परिसूचक २६ सय नाघेर पुनः ओरालो यात्रामा रहेको छ।
परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत क्रमशः ओरालो लागिरहेको छ। बजारको बियरिस यात्रामा प्राविधिक कोणबाट अब कस्तो रहन सक्ला भन्ने विषयमा आज हामीले बजार प्राविधिक विश्लेषक अशोककुमार शाहसँग कुराकानी गरेका छौँ।
नेप्से मार्च महिनाभरि २५०७ र २६४३ विन्दुकै सेरोफेरोमा रहने प्राविधिक शाह दाबी गर्छन्। परिसूचक यदि २५०७ भन्दा तल गए नेप्से २३६८ विन्दुसम्म झर्ने उनको प्रक्षेपण छ।
नेप्से परिसूचकले मार्च महिनाको पिभोट २५०७ रहेको उल्लेख गर्दै प्राविधिक विश्लेषक शाह सूचक २५०७ भन्दा माथि क्लोजिङ रहेमा यसको पहिलो टार्गेट (आर १) २६४३ तर्फ अघि बढ्ने प्रक्षेपण गर्छन्। ‘पिभोटभन्दा माथि रहे बढ्ने नै सम्भावना प्रबल रहन्छ’, उनले भने।
तत्काल पहिलो रेसिस्टेन्स–१ २६४३ पार गरे दोस्रो रेसिस्टेन्स २७७६ नेप्सेले रियाक्ट गर्न सक्ने शाहको दाबीसमेत छ। यदि यो पार गरे नेप्से २८१२ पुग्नेछ, जुन मार्च महिनाका लागि आर–२ हुने उनको प्रक्षेपण छ।
यदि डेली बेसिसमा नेप्से २५०७ भन्दा मुनि बजार बन्द हुन्छ भने चाहिँ अब बजारले २३६५ को यात्रा तय गर्ने प्राविधिक विश्लेषक शाहको प्रक्षेपण छ। ‘२३६५ मा पहिलो सपोर्ट लिन सक्छ, जहाँ स्विङ सपोर्ट रहेको छ’, उनले भने, ‘२३६५ भन्दा मुनि झर्यो भने चाहिँ नेप्से २३३८ आउन सक्छ।’
साप्ताहिक रुपमा हेर्नुपर्दा डार्क क्लाउड कभर क्यान्डल बनेको छ। जसले बजारको बुलिस मुभमेन्टमा पज (रोकिनु) केही समय लम्बिने संकेत गर्ने प्राविधिक विश्लेषक शाहको ठहर छ। हिजो सोमबार नेप्सेले डेली चार्टमा ह्याम्मर क्यान्डल बनाएको उल्लेख गर्दै महत्वपूर्ण सपोर्टको बनाएको उनको ठम्याइ छ। ‘यसले बजार बढ्ने संकेत गर्छ’, उनी भन्छन्, ‘यदि बजार हिजोको न्यून विन्दु (२४४१) भन्दा तल गए ह्याम्मर क्यान्डिल इन्भ्यालिड हुन्छ।’
कुन सेक्टर कस्तो रहला ?
वाणिज्य बैंक
बैंकले पनि नेप्सेले जस्तै ह्याम्मर क्यान्डिल बनाएको छ। १८०७ भन्दा माथि रहे बुलिस नै रहन्छ। १८०७ भन्दा माथि रहेमा पहिलो रेसिस्टेन्स १९५२ रहेको छ।
माइक्रोफाइनान्स
माइक्रोले हिजो सपोर्ट टेट गरेको छ भने ४२०० को लेभललाई सपोर्ट गर्न स्थापित गरेको छ। ४२०० भन्दा माथि रहेमा डेली कलोजिङ बेसिस ४२०० माथि रहेमा अपसाइड मुभ बनाउँछ।
जीवन बीमा
तत्काल जीवन बीमाको सूचक १७७५० लाई पार गरे १८५३१ जान सक्छ। कथंकदाचित १७७५० तल झरेमा सूचक १६१९३ सम्म आउने प्रबल सम्भावना रहेको छ।
निर्जीवन बीमा
पिभोट १२९३५ भन्दा माथि रहेको निर्जीवन बीमाको पहिलो रेसिस्टेन्स १३५७७ रहेको छ। कथंकदाचित १२९३५ तल बन्द भए १२१३९ मा सपोर्ट लिनसक्छ।
हाइड्रोपावर
बुलिस पिन बार बनाएको छ। जसले अब यो समूह बढ्ने सम्भावना रहेको इंगित गर्छ। पिभोट नजिकै भएकाले हाइड्रोपावर डेली बेसिसमा १९७६ भन्दा माथि बन्द हुन सकेको खण्डमा २११७ पहिलो रेसिस्टेन्स हुनेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19