काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि बजार दोहोरो अंकले बढेको छ।
आज बजार ४२.९५ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २४७५.०९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५५ अंकले बढेर ४४४.१५ को उचाइमा पुगेको छ।
आज बजारमा ४ अर्ब ६४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे हिजोआजको बजारको मुभले बजार सकारात्मक नै रहेको प्रस्ट हुने बताए। ‘यसअघि बजारमा आएका करेक्सनहरु पनि प्राकृति नै थिए, किनकि छोटोमै समयमै बजार उचाइ पुगेको थियो’, उनले भने।
बुलिस बजारमा घटबढ भइरहनुपर्ने उल्लेख गर्दै घिमिरेले भने, ‘बजार फेरि लयमा फर्केको छ। कारोबार रकमले पनि साथ दिन थालेको छ।’
बजार बढ्यो भन्दैमा जथाभावी सेयर उठाउन नहुने घिमिरेको सुझाव छ। ‘कतिपयले यसअघिको करेक्सनमा सेयर बेचेर गल्ती गरेका छन्’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै समूहमा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक ४१५.४७ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह १९१.०८ अंकले बढेको आज बैंकिङ समूह २६.११ अंक, होटेल तथा पर्यटन होटेल ११२.८८ अंक, विकास बैंक समूहमा २४.३७ अंक, जलविद्युत् समूहमा ३.१५ अंक, वित्त समूहमा १४.१५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १६२.१३ अंक, अन्य समूहमा ४१.१३ अंक, लघुवित्त समूहमा १०२.१३ अंक, म्युचुअल फन्ड समूहमा ०.०६ अंक र लगानी समूहमा १.९५ अंकको बढोत्तरी भएको छ।
यो दिन व्यापार समूहमा ३९.६ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका १ करोड १६ लाख ५७ लाख ९७५ कित्ता सेयर ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ रुपैयाँमा किनबेच भएको छ।
यो दिन नेपाल बंगलादेश बैंकको सर्वाधिक ७७ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको २१ करोड ६६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ४४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ३६ लाख रपैयाँ, माथिल्लो तामाकोशीको १२ करोड १२ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ११ करोड २९ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड २४ लाख रुपैयाँ, शिवम् सिमेन्टको १० करोड १ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ९ करोड ३९ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ८ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। युनाइटेड इदी मर्दी र ग्रीनलाइफ हाइड्रोपावारको सेयरमूल्यमा १० प्रतिशत तथा चन्द्रागिरी हिल्स र नेपाल बंगलादेशको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो।
यो जोशी हाइड्रोपावरको डेभलपमेन्टका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। आज आँखुखोला जलविद्युतको सेयरमूल्य पनि ६ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago