काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईवटा ऋणपत्र सूचीकृत भएका छन्।
नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंकको ‘नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड–२०८४’ र मञ्जुश्री फाइनान्सको ‘मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर–२०८५’ सूचीकृत भएको हो।
प्रतिइकाइ १ हजार दरका इन्भेस्टमेन्ट बैंकको ऋणपत्रको कुल ४० लाख इकाइ र मञ्जुश्रीको कुल ५ लाख इकाइ सूचीकृत भएको हो। जसअनुसार इन्भेस्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ र मञ्जुश्रीको ५० करोड रुपैयाँबराबरको ऋणपत्र सूचीकृत भएको छ।
इन्भेस्टमेन्ट बैंकको यो ऋणपत्रबाट लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन् भने मञ्जुश्रीको ऋणपत्रमा ९.५ प्रतिशत ब्याजदर तोकिएको छ।
दुवै संस्थाको ब्याजर भने अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19