काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा लफडा सुरु भएको छ । सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि हाजिर भइसकेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदलाई दोश्रो दिन संचालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर हुन रोकेपछि लफडा भएको हो ।
न्यौपानेले अदालतको आदेश मानिँदैन, तपाई आजदेखि हाजिर नहुनुहोला भन्दै सीइओ साउदलाई फोन गरेका थिए । अध्यक्षले ‘हाजिर नहुनु’ भन्ने फरमान लगाउँदै फोन गरेपछि पुनर्बहाली भएपछिको दोश्रो दिन बुधबार साउद कार्यालय गएका छैनन् ।
बरु, अध्यक्ष न्यौपानेले अर्थमन्त्रालयबाट सीइओको रुपमा खटाइएका रमेश अर्याललाई समेत सँगै कार्यालय लिएर उनैलाई नेप्से प्रमुखको रुपमा काम लगाइरहेका छन् । अदालतले साउदलाई पुनर्बहाली गर्न आदेश दिएर उनी मंगलबार हाजिर भएपछि अर्यालले सोही दिन रेकर्डसहित लगेर हाजिरी फिर्ता गरी अर्थमन्त्रालय फर्किएका थिए । तर, अर्थ फर्किसकेका अर्याललाई पुनः अध्यक्ष न्यौपानेले नेप्सेमै ल्याउनु ‘अर्थपूर्ण’ देखिएको छ ।
‘यो अध्यक्षकै इन्ट्रेस्ट हो कि अरुको हो, त्यो बुझ्न सकिएन ।’ स्रोतले भन्यो–‘सर्वोच्चले दिएको आदेशविपरीत साउदलाई हाजिर हुन नदिनु अदालतको अवहेलना मात्र होइन, तानाशाही शैली पनि हो ।’
नेप्सेका सीइओ साउदले आफूलाई अध्यक्षले हाजिर नहुन भनेको बताए । ‘मलाई अध्यक्षले बिहान फोन गरेर हाजिर नहुनु भन्नुभयो, मैले लिखित चाहियो भनेँ, लिखित दिन नसक्ने भन्नुभएको छ ।’ साउदले बिजशालासँग भने–‘कारण भने उहाँले खुलाउनुभएको छैन, त्यही भएर म पनि अफिस गएको छैन ।’
यो विषयमा अध्यक्ष न्यौपानेले बोल्न चाहेनन् ।
यसैबीच, सीइओलाई हाजिर हुन नदिने लफडा चलिरहेको बेला नेपाल स्टक एक्सचेञ्जको वेबसाइट पुनः बिग्रिएको छ ।
कतिपय लगानीकर्ताले थोत्रो रेलको संज्ञा दिने नेप्सेको वेबसाइट प्राविधिक गडबडीले बिग्रिएको हो ।
पुरानो वेबसाइटबाट कतिपय डाटा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा स्थानान्तर गर्ने काम भइरहेकाले नेप्सेको वेबसाइटमा समस्या देखिएको बताइएको छ ।
बुधबार बजार खुलेलगत्तै नेप्सेको वेबसाइटमा समस्या देखिएको हो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेको वेबसाइटमा डाटा नदेखिने समस्या देखिएको भन्दै प्राविधिकहरुले मर्मत गरिरहेका जानकारी दिए । डेटा नदेखिए पनि कारोबार भने भइरहेको छ । उनले भने ।
तर, केही ब्रोकरले भने कारोबार समेत रोकिँदै, हुँदै भइरहेको छ । नियमित कारोबार भइरहेको छैन ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago