काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सोमबार पहिलो सर्किट ब्रेकर लागी बजार खुलेको केही मिनेटमै फेरि दोश्रो सर्किट ब्रेकर लगाउनुपरेको छ ।
तीव्र गतिमा नेप्से परिसूचक ओरालो लागेपछि बजारलाई क्र्यास हुन नदिने उद्देश्यले १२.१२ बजे दोश्रो सर्किट ब्रेकर लगाई आधाघण्टाका लागि कारोबार स्थगित गरिएको हो ।
पहिलो सर्किट ब्रेकर लाग्दा नेप्से परिसूचक ४४ अंकले घटेर १४२५ मा आइपुुगेको थियो । १५ मिनेट कारोबार स्थगित गरी खुलेको बजार पुनः तीव्र गतिमा झरेपछि दोश्रो सर्किट ब्रेकर लगाउनुपरेको हो । दोश्रो सर्किट ब्रेकर लाग्नुुअघि बजार ५९.८० अंकले घटेको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago