काठमाण्डौ । कीर्तिमान उचाइ चुमेको बजारमा आज मंगलबार झिनो करेक्सन आएको छ।
धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजारमा ३.७२ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक ३०२२.११ को विन्दुमा झरेको छ। हिजो सोमबार नेप्से परिसूचक ४२.७२ अंकले बढेर ३०२५.८३ को विन्दुमा उक्लिएको थियो। यो नै नेप्सेले चुमेको हालसम्मकै सर्वाधिक उचाइ हो।
आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेर ५५०.२६ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने हिजो तुलनामा घटेर साढे १६ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे एउटा उचाइमा पुगेको बजारले आज सामान्य करेक्सन लिएको बताउँछन्। ‘यो स्वभाविक पनि हो, बजारले करेक्सन खोजेको देखिन्छ’, उनले भने, ‘अब १–२ दिन बजारको अवस्था हेरेर मात्र आगामी यात्राबारे भन्न सकिन्छ।’
आजको करेक्सनलाई मनोवैज्ञानिक प्रतिरोधका रुपमा लिनुपर्ने घिमिरेको भनाइ छ। नियामक निकायबाट धितोपत्र बोर्डले बजारमा भइरहेका गतिविधिका विषयमा अध्ययन–अनुसन्धान गरिरहेको उल्लेख गर्दै घिमिरेले नियामकको यो कदमलाई स्वागत गर्नुपर्ने बताउँछन्। ‘बजारलाई प्राकृतिक लयमा चलायमान बनाउन नियामकको भूमिका महत्वपूर्ण हुन्छ, यसले बजारलाई थप दिगो र स्थायित्व प्रदान गर्छ’, उनले भने।
अर्का बजार जानकार निमानन्द कँडेल आजको घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘आजको करेक्सन नाफा बुक गर्दा भएको पनि हुन सक्छ’, उनले भने, ‘बजारमा अझै केही दिन करेक्सन आउन सक्छ किनकि बजारले थोरै समयमै उचाइ लिएको छ।’
यस्ता करेक्सनहरुले बजारलाई थप मजबुत बनाउने कँडेलको तर्क छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। यो दिन अन्य समूह सर्वाधिक ३.९९ प्रतिशतले उकालो लागेको छ। लगानी समूह २.०७ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा १.५० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३५ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ४.४२ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ३.२९ प्रतिशतले घटेको आज जलविद्युत समूहमा २.८ प्रतिशत, बैंकिङ समूहमा ०.३४ प्रतिशत, जीवन बीमा समूहमा ०.०७ प्रतिशत, लघुवित्त समूहमा ०.७३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०१ प्रतिशत र व्यापार समूहमा ०.२७ प्रतिशतको गिरावट आएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। एचआईडीसीएलको ५२ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ४२ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३४ करोड ५५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३४ करोड १४ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३२ करोड ३५ लाख रुपैयाँ, अपी पावरको ३० करोड ४४ लाख रुपैयाँ, नेपाल बैंकको २८ करोड ४२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २८ करोड ७ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको २७ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सीईडीबी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र युनियन हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन छ्याङ्दी हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19