काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने प्रभु सेलेक्ट फन्डका इकाइहरु आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ।

योजना व्यवस्थापक प्रभु क्यापिटल र नेप्सेबीच प्रभु सेलेक्ट फन्डका इकाइहरु सूचीकरण गर्ने सम्झौता भएको हो। सम्झौताबमोजिम यस योजनाअन्तर्गतका १० रुपैयाँ अंकित दरका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट कुनै पनि कम्पनीका धितोपत्र कारोबारमा आउने हुँदा यस योजनाका इकाइहरु पनि भोलिबाट कारोबारमा आउने छन्। कोरोबारका लागि नेप्सेले यो योजनालाई पीएसएफ संकेत प्रदान गरेको छ। 

यो फन्डको कोष प्रवर्द्धकका रुपमा प्रभु बैंक लिमिटेड रहेको छ।