काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज प्रभु बैंकको २ अर्ब ६५ करोड रुपैयाँबराबरको ऋणपत्र सूचीकृत भएको छ।

नेप्सेमा प्रभु बैंकको ‘८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र सूचीकृत भएको छ। यो ऋणपत्रका १ अंकित दरका कुल २६ लाख ५० हजार इकाइ सूचीकृत भएको हो। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक रुपमा ८.५ प्रतिशत ब्याज पाउनेछन्।