काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई बैंकको ऋणपत्र सूचीकृत भएका छन्।
नेप्सेमा प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ। सूचीकृत ऋणपत्रमा प्राइम डिबेन्चर २०८५ र सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ रहेका छन्।
प्राइम बैंकको ऋणपत्रको १ हजार अंकित दरका कुल २४ लाख ४७ हजार ९६३ इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउँछन्।
यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रको १ हजार अंकित दरका कुल ७ लाख ५० हजार इकाइ सूचीकृत भएको छ। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउँछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago