काठमाण्डौ । सेयर बजारमा मंगलबार भारी अंकको गिरावट आएको छ।
आज बजारमा ७९.७९ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २७४९.८५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.०२ अंकको गिरावटका साथ ५१२.८२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आजको घटाइलाई करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। ‘७०० अंकले घटेको बजार छोटो समयमै ४०० अंकले बढेको थियो’, उनले भने, ‘त्यही भएर हिजो र आज बजार घट्यो, यो स्वाभाविक करेक्सन नै हो। आत्तिहाल्नुपर्ने अवस्था छैन।’
बजार पुनः लयमा फर्किने बिष्टको भनाइ छ। ‘अब बजार करेक्सन हुँदै ३८०० को विन्दुसम्म पुग्न सक्छ’, उनले भने।
बजारमा सबै कुरा सहज बन्दै गएको पनि बिष्ट बताउँछन्। ‘बजार अब अगाडि नै बढ्ने हो’, उनले भने।
स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की पनि बजार थोरै समयमै धेरै बढेकोले हिजो र आज करेक्सन आएको बताउँछन्। ‘करेक्सन नै बजारलाई परिपक्वा बनाउने हो’, उनले भने, ‘त्यसैले बजार घट्यो भनेर आत्तिनुभन्दा पनि धैर्य गर्न सके लाभदायी हुन्छ।’
बजार घट्दा ठूला लगानीकर्ता पस्ने भएकाले बजार फेरि माथि नै जाने कार्कीको भनाइ छ। ‘बजार घटबढ हुनु सामान्य प्रक्रिया नै हो’, उनले भने, ‘बजार निरन्तर बढ्नु पनि राम्रो होइन, बेला–बेला हुने करेक्सनले बजार थप मजबुत हुन्छ।’
सम्भवतः यही साताको अन्तिम दिनको कारोबारबाट बजार पुनः माथि नै जाने सक्ने कार्कीको अनुमान छ।
आज नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक ५.२९ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ५.२३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.९१ प्रतिशत, व्यापार समूहमा २.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा ३.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८३ प्रतिशत, अन्य समूहमा ४.१२ प्रतिशत, लघुवित्त समूहमा २.८५ प्रतिशत, जीवन बीमा समूहमा २.४ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.१२ प्रतिशत र लगानी समूहमा २.६८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नबिल बैंकको सर्वाधिक २९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सासह ऊर्जाको २५ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अपी पावरको २२ करोड ३६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २० करोड ९४ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २० करोड ८९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १८ करोड २९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १६ करोड ९८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १६ करोड ६८ लाख रुपैयाँ, अरुण काबेली पावरको १६ करोड ५० लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज तीन कम्पनीका सेयरधनीहरु मालामा भएका छन्। तेह्रथुम पावर, साहस ऊर्जा र मानुषी लघुवित्तका सेयरधनीहरु मालामाल भएका हुन्। यी तीनै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago