काठमाण्डौ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीमा ५० लाख कित्ता बढी सेयर सूचिकृत भएका छन् । 

दुई बिमा कम्पनी र एक फाइनान्स कम्पनीका गरी कुल ५० लाख २ हजार ३ सय ६१ दशमलव १२ कित्ता नयाँ सेयर नेप्सेमा सूचिकृत भएका हुन् । 

सबैभन्दा बढी प्रभू इन्स्योरेन्स लिमीटेडको ३१ लाख ६६ हजार ६ सय ७७  दशमलव ६३ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १२ लाख १२ हजार ७ सय ५० कित्ता बोनस सेयर तथा पोखरा फाइनान्स लिमीटेड ६ लाख २२ हजार ९ सय ३३.४९ कित्ता बोनस सूचिकृत गरेको हो । 

कुन कम्पनीको कति कित्ता नयाँ सेयर सूचिकृत भयो ? हेरौं सूचिमा:

  • सूर्या लाइफ इन्स्योरेन्स कम्पनी: १२१२७५० कित्ता(बोनस)
  • पोखरा फाइनान्स लिमीटेड: ६२२९३३.४९ कित्ता(बोनस)
  • प्रभू इन्स्योरेन्स लिमीटेड: ३१६६६७७.६३ कित्ता(हकप्रद)