काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ।
बजार आज ५.८४ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २४४९.९७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.४३ अंकले उकालो लागेर ४६५.२३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार प्रकाश रजौरे आजको बजारले अब घट्न रोकिएकोजस्तो देखिएको बताउँछन्। ‘बजार २४४० बाट पटकपटक फर्किएको छ, बजार तल जान मानेको छैन’, उनले भने।
सेयरको मूल्य धेरै सस्तो भएकोले अब बजार धेरै तल जाने अवस्था नरहेको रजौरेको तर्क छ। ‘तरलता सहज हुँदै जाँदा माघबाट बजार माथि नै जानेछ’, उनले भने।
रजौरे बुलको चक्र नसकिएकोले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्।
सक्रिय लगानीकर्ता विष्णु भुसाल अब बजार सम्हालिन खोजेको देखिएको बताउँछन्। माघ लागेसँगै बजार बढ्ने नै उनको भनाइ छ।
कांग्रेसको महाधिवेशनपछि सेयर बजारमा सकारात्मक महौल बन्ने सम्भावना रहेको भुसाल बताउँछन्। ‘अहिले पार्टीहरुको महाधिवेशन भए र हुँदैछन्, त्यसले पनि सेयर बजारमा छाँयामा पर्यो’, उनले भने, ‘सरकारी खर्च बढ्दै गर्दा र मुद्दति निक्षेपमा राखेको पैसा परिपक्व हुँदै जाँदा माघबाट बजारमा सकारात्मक महौल हुने देखिन्छ।’
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६४ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.२२ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ०.७६ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.७५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.१४ प्रतिशत, विकास बैंक समूहमा ०.५ प्रतिशत, जलविद्युत समूहमा ०.६१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.५३ प्रतिशत, जीवन बीमा समूहमा ०.२६ प्रतिशत र लगानी समूहमा ०.१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ६२ लाख २३ हजार ७२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९१.६८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ८ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ८ करोड १४ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ८ करोड ७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ३८ लाख रुपैयाँ, नेपाल टेलिकमको ७ करोड ३७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ६ लाख रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ९७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ५ करोड ३९ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन सिनर्जी पावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
आज सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago