काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीले काम गर्न छाडेको भन्दै सेयर लगानीकर्तासँग सम्बद्ध ४ संगठनको अगुवाईमा भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जमा प्रदर्शन सुरु भएको छ ।
नेप्से परिसरमा भेला भएका लगानीकर्ताहरुले अनलाइन प्रणालीको नाममा लगानीकर्तालाई डूबाउने खेल भएको र पूर्ण स्वचालित अनलाइन प्रणालीलाई प्रयोगको रुपमा ल्याउन खोज्दा दुर्घटना उन्मुख भएको दाबी समेत गरेका छन् ।
अन्य आन्दोलनमा भन्दै निकै न्यून उपस्थिति देखिएको प्रदर्शनमा लगानीकर्ताहरुले चारवटा संगठनका नेताविरुद्ध समेत आक्रोश पोखेका थिए ।
उनीहरुले चारवटा संगठनका नेताले आन्दोलनको स्पष्ट स्वरुप तयार नगरेको, लगानीकर्ताहरुको समग्र मागहरु पूरा गराउन भन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त भएको जस्ता आरोप समेत लगाएका थिए । केही लगानीकर्ताहरुले व्यक्तिपिच्छेजस्तो लगानीकर्ताको संगठन भएको उल्लेख गर्दै फूटेर चारवटा भएको संगठनलाई एक बनाएर लगानीकर्ताको पक्षमा लाग्न समेत आग्रह गरेका थिए ।
लगानीकर्ताका नेताले आक्रोशित लगानीकर्तालाई थामथुम गर्ने प्रयास गरेका थिए । त्यसका लागि उत्तम अर्याल र छोटेलाल रौनियारले लगानीकर्ताको समूहलाई सम्बोधन गरेपछि मात्र आक्रोश केही मत्थर भएको थियो ।
अहिले लगानीकर्ताको नेतासहितको समूह नेप्से, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको लगायतसँग वार्ता गर्न नेप्सेको हलभित्र प्रवेश गरेका छन् ।
उनीहरुले नेप्से र वाइकोका अधिकारीहरुसँग पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कुन मितिदेखि लगानीकर्ताको हातमा आउने हो, सो स्पष्ट पार्न आग्रह गरिरहेका छन् ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago