काठमाण्डौ । लगातार चौथो दिन सेयर बजारले ओरालो यात्रा तय गरेको छ।
बजारमा आज बुधबार पनि ३८.४५ अंकको गिरावट आएको छ। योसँगै नेप्से परिसूचक २७७६.६१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर सवा ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला आजको बजार घटाइलाई पनि करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। ‘छोटो समयमै बजार धेरै बढेको थियो, सोही कारण पछिल्ला दिनहरुमा करेक्सन आइरहेको हो’, उनले भने, ‘करेक्सन लगभग सकिन लागेको देखिन्छ।’
बजार बुलिस नै रहेको बास्तोला बताउँछन्। ‘बजार २७५० को आसपासबाट फर्किन सक्छ’, उनले भने, ‘विस्तारै राम्रा कम्पनीमा प्रवेश गर्ने अवसर पनि देखिन्छ।’
बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि बजारमा करेक्सन नै आएको तर्क गर्छन्। ‘बजार घटबढ हुनु सामान्य हो’, उनले भने।
चुनाव हुने विषयलाई लिएर चलेको हल्लाले बजार घट्यो भन्नु उपयुक्त नहुने घिमिरेको भनाइ छ। ‘चुनाव ढिलो–चाँडो हुनुले सेयर बजारमा खासै महत्व राख्दैन’, उनले भने।
सेयर बजारमा घट्दा नै किन्ने अवसर हुने हुँदा राम्रा र बलिया कम्पनीका सेयर छानीछानी किन्दा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने घिमिरे बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह २.१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२४ प्रतिशत, व्यापार समूहमा १ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५१ प्रतिशत, विकास बैंक समूहमा १.७ प्रतिशत, जलविद्युत समूहमा १.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७५ प्रतिशत, अन्य समूहमा १.१४ प्रतिशत, लघुवित्त समूहमा १.१७ प्रतिशत, जीवन बीमा समूहमा १.८२ प्रतिशत र म्युचुअल फन्ड समूहमा १.१४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अपी पावरको सर्वाधिक १६ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको आज अप्पर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड ८६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ९ करोड ३९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड २५ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड १० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ५३ लाख रुपैयाँ र नेसनल लाइफको ७ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्त र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
आज पोखरा फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ झन्डै ६ प्रतिशतले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago