काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
आज बजार १४.६० अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २८७६.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२५ अंकले घटेर ५३९.६५ को विन्दुमा खुम्चिएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आज बजारको घटाइलाई सामान्य करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। ‘लगानीकर्ताहरुले मन्त्रिपरिषद्को बैठक बस्ने र चुनावको घोषणा हुने आश गरेका थिए, त्यो नभएका कारण लगानीकर्ताहरुले आउँदो परिस्थितिलाई मध्यनजर गर्दै नाफाबुक गरेका हुन सक्छन्’, उनले भने।
आज कारोबार बढेकोले ठूला लगानीकर्ताहरु बजार प्रवेश गरेको हुन सक्ने अनुमान गर्न सकिने बिष्टको भनाइ छ। ‘तरलता पनि केही सहज हुँदै गएकोले बजारको महौल सकारात्मक नै रहने देखिन्छ’, उनले भने।
बिष्टले बजार बुलिस ट्रेन्डमै रहेको बताए। ‘२०८० सम्म ठूलो बुल आउन सक्छ’, उनले भने।
स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की रोहन कार्की आजको बजार घटाइले नाफा बुक गरेको हुन सक्ने देखिएको बताए। ‘दीर्घकालमा बजार बढ्ने नै हो’, उनले भने, ‘अझै केही दिन नाफा बुक हुन सक्छ, तर बजार बुलिस नै हो।’
बजार ३००० को मनोवैज्ञानिक प्रतिरोध गरेको उल्लेख गर्दै कार्कीले सामान्य करेक्सन हुँदै बजार माथि नै जाने बताए।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह ०.१९ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०.०९ प्रतिशतको बढोत्तरी आएको छ।
आज वित्त समूह सर्वाधिक १.३१ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.२ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहमा १.०८ प्रतिशत, बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा १.०६ प्रतिशत, अन्य समूहमा ०.४१ प्रतिशत, लघुवित्त समूहमा ०.९८ प्रतिशत, जीवन बीमा समूहमा १.०६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५१ प्रतिशत र लगानी समूहमा ०.५९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँमा किनबेच भएका छन्।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ८२ करोड ७० लाख रुपैयाँ बढीका कारोबार भएको छ। अपी पावरको ५२ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २४ करोड ८१ लाख रुपैयाँ, एचआईडीसीएलको २४ करोड ३७ लाख रुपैयाँ, अरुण काबेली पावरको २३ करोड ९८ लाख रुपैयाँ, अप्पर तामाकोशीको २३ करोड ८३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ८१ लाख रुपैयाँ, निफ्राको १८ करोड ४८ लाख रुपैयाँ र सिनर्जी पावरको १७ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
आज आरएमडी लघुवित्त र पोखरा फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago