काठमाण्डौ । आन्दोलनरत लगानीाकर्ताहरुले सेयर बजार विश्लेषक तथा लगानीकर्ता बिष्णु बस्यालमाथि कुटपिट गरेपछि नेपाल स्टक एक्सचेञ्ज परिसरमा केहीबेर तनाव भएको छ ।
लगानीकर्ताका नेता, नेप्से र वाइको कम्पनीबीच वार्ता चलिरहेको बेला माइक समाएर पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको बिषयमा बोल्न खोज्दा दलालको मतियार भएको भन्दै उनीमाथि लगानीकर्ताले हातपात र नाराबाजी गरेका हुन् ।
बस्यालले अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा आउने मिति घोषणा हुनुपर्ने लगानीकर्ताको मागविपरीत पर्याप्त तयारीबिना मिति घोषणा गरेर मात्र अर्थ नहुने भन्ने धारणा मञ्चमा गएर व्यक्त गरेपछि लगानीकर्ताले गालीगलौज गर्दै नाराबाजीसहित त्यहाँबाट लखेटेका थिए । नेप्सेको भूइँतलामा रहेको हलबाट बाहिरिएका उनलाई नेप्से परिसरमै लगानीकर्ताले कुटपिट गरेका हुन् ।
बस्यालले नेप्से परिसूचक घटेर ९०० मा पुग्छ भनी गरेको विश्लेषणप्रति पनि लगानीकर्ता आक्रोशित देखिएका थिए । 'नेप्से ९०० पुग्छ भन्ने तै होइनस्' भन्दै उनीमाथि कुटपिट भएको थियो ।
उनलाई सबै लगानीकर्ता धुरिएर कुटपिट गर्न थालेपछि प्रहरीले सुरक्षा दिएको थियो । त्यहाँ पनि लगानीकर्ताले दलालको मतियार भएको भन्दै बस्यालविरुद्ध नाराबाजी गरेका थिए ।
लगानीकर्ताहरुको समूहले उनलाई आइन्दा लगानीकर्ताको समूहमा नदेखिन र फेसबुकमा कुनै पनि पोस्ट नगर्न चेतावनी समेत दिएका छन् ।
लगानीकर्ता आक्रोशित भई बस्यालमाथि कुटपिट गर्ने क्रममा अवस्था तनावपूर्ण भएपछि उनलाई प्रहरीले सुरक्षा दिएर त्यहाँबाट भगाएको थियो ।
नेताले बोल्न पाएनन्
यसैबीच, नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा देखिएको समस्यालाई सामान्य भनेपछि नेप्सेको हलभित्र लगानीकर्ताका नेता नवराज सुवेदीविरुद्ध समेत हुटिङ र नाराबाजी भयो । उनले लगानीकर्ताको विकराल समस्यालाई सानो भनेपछि आक्रोशित लगानीकर्ताले उनीविरुद्ध नाराबाजी गर्दै हुटिङ गरेका थिए । माइक लिएर बोल्न तम्सिएका सुवेदी लगानीकर्ताको विरोधपछि चूप भई बस्न बाध्य बनेका थिए ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago