काठमाण्डौ । सेयर बजार बुधबार पनि भारी अंकले ओरालो लागेको छ।
आज बजार २.४३ प्रतिशत अर्थात ६३.५४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २५४७.०४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.३८ अंकले घटेर ४८८.८३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार प्रकाश रजौरे बजार घट्नुको मुख्य कारण तलतामा दबाब पर्नु नै रहेको बताउँछन्। ‘अहिलेको घटाइ करेक्सन नै मान्नुपर्छ’, उनले भने, ‘घट्दो बजारमा दबाब देखिएको छ।’
प्राविधिक रुपमा भने बजारमा लगभग करेक्सन पूरा भएको मान्न सकिने रजौरे बताउँछन्।
अहिले बजार घट्नुमा अन्तर्राष्ट्रिय घटनाक्रमको पनि असर हुन सक्ने रजौरे बताउँछन्।
बजार आगामी साताबाट फर्किन सक्ने रजौरेको तर्क छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला बजार घट्नुमा ब्याजदर नै प्रमुख कारण रहेको बताउँछन्।
अहिलेका नवनियुक्त सेबोनका अध्यक्ष र नेप्सेका सीईओविरोधी समूहले पनि बजार घटाएको हुन सक्ने पनि बास्तोला बताउँछन्। सेयर बजारमा अझै सिन्डिकेट रहेको यस्ता समूहहरु सक्रिय नै रहेको उनको दाबी छ।
आगामी साताबाट बजार फर्किनेमा बास्तोला पनि विश्वस्त छन्।
आज नेप्से उपसमूहका रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक ३.६५ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ३.६३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.६१ प्रतिशत, व्यापार समूहमा २.४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२८ प्रतिशत, विकास बैंक समूहमा ३.४ प्रतिशत, जलविद्युत समूहमा ३.३९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.७७ प्रतिशत, अन्य समूहमा २.३१ प्रतिशत, लघुवित्त समूहमा २.१४ प्रतिशत, जीवन बीमा समूहमा ३.२८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४५ प्रतिशत र लगानी समूहमा ३.२३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १६ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १४ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १४ करोड १९ लाख रुपैयाँ, अपी पावरको १३ करोड १४ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड २३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ९६ लाख रुपैयाँ, अप्पर तामाकोशीको ८ करोड ९९ लाख रुपैयाँ, एचआईडीसीएलको ८ करोड ६० लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ८ करोड २४ लाख रुपैयाँ र नबिल बैंकको ७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतले बढेको छ।
यो दिन हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago