काठमाण्डौ । लगातार दुई दिन उकालो लागेको सेयर बजार बुधबार ओरालो लागेको छ।
बजार आज २०.३४ अंकले ओरालो लागेको हो। योसँग नेप्से परिसूचक २६३०.३६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२२ अंकले घटेर ४९५.११ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार पनि घटेर २ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार सरोज भट्टराई नेपाल टेलिकमको सेयरमा बिक्रीचाप पर्दा बजार आज करेक्सन आएको बताउँछन्। यसका अलावा अन्तरबैंकिङ ब्याजदर नघट्नु र बैंकहरुको औसत सीडी रेसियो पनि ९० प्रतिशतभन्दा तल नआउनुले लगानीकर्ताहरु अलमलमा परेको हुन सक्ने भट्टराईको भनाइ छ।
अहिले सोचेजस्तो विकास खर्च पनि हुन नसकेको र तरलतामा दबाब पनि कायमै रहेकोले बजार प्रभावित भएको भट्टराई बताउँछन्। ‘विगतलाई हेर्दा चैतको अन्तिम साता जहिले पनि बजार बढेको देखिन्छ’, उनले भने, ‘त्यसैले चैतको अन्तिम साता बजार बढ्न सक्छ तर वैशाखबाट कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने भएकोले बजारले गति लिन सक्छ।’
दीर्घकालीन लगानीका लागि अहिले राम्रा कम्पनीहरुको सेयर उठाउने अवसर रहेको भट्टराईले बताए।
सक्रिय लगानीकर्ता निमानन्द कँडेल पनि टेलिकमको सेयरमा बिक्रीचाप पर्दा बजारमा आज करेक्सन आएको बताउँछन्। ‘कारोबार घट्नुले लगानीकर्ताहरु घाटा खाएर सेयर बेच्न नचाहेको जस्तो देखिन्छ’, उनले भने, ‘लगातार २ दिन बजार बढेका कारण आज नाफाबुक पनि भएको हुन सक्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूह ०.५ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह ०.२५ प्रतिशतले उकालो लागेको छ।
आज वित्त समूह सर्वाधिक १.५५ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.३३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा १.१४ प्रतिशत, जलविद्युत समूहमा १.१६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१२ प्रतिशत, लघुवित्त समूहमा ०.४१ प्रतिशत, जीवन बीमा समूहमा ०.८८ प्रतिशत र लगानी समूहमा ०.९१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३९ लाख ८५ हजार ५७४ कम्पनीका २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ८ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। जीवन विकास लघुवित्तको ८ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँ, नेपाल टेलिकमको ७ करोड ६० लाख रुपैयाँ, अपी पावरको ६ करोड १० लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड २७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ, एभरेस्ट इन्स्योरेन्सको ५ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४३ लाख रुपैयाँ र नेपाल फाइनान्सको ४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीका सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा इमर्जिङ नेपालको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago