काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजारमा आज ३०.८९ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २५१३.४१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४४ अंकले घटेर ४६९.०३ को विन्दुमा झरेको छ। कारोबार रकम साढे १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला तरलता संकटकै कारण बजारमा दबाब परेको बताउँछन्। ‘चैतमा बैंकको ब्याज पनि बुझाउनुपर्ने भएकोले, त्यसको प्रभाव पनि परेको हुन सक्छ’, उनले भने, ‘लगानीकर्ताहरु कन्फिडेन्स देखिँदैन।’
चैतको प्रभाव सकिएपछि बजार फर्किन सक्ने बास्तोला बताउँछन्। ‘वैशाखमा ब्याजदर बढ्ने सम्भावना कम देखिएको छ’, उनले भने।
सक्रिय लगानीकर्ता महेश रिजाल पनि बजारमा चैतको प्रभाव परिरहेको बताउँछन्। ‘यो साता पनि बजारमा सामान्य उतारचढाव हुन सक्छ’, उनले भने।
वैशाखमा ब्याजदर नबढ्ने रिजालको भनाइ छ।
अहिले भारतमा नेपालको बिजुली व्यापारसम्बन्धी सम्झौता भएको र यसले अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने रिजालको बुझाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा रातो पोतिएको छ भने एउटा समूह स्थिर रहेको छ।
यो दिन अन्य समूह सर्वाधिक ३.१३ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह १.५२ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.५१ प्रतिशत, व्यापार समूहमा १.१९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७७ प्रतिशत, विकास बैंक समूहमा १.२७ प्रतिशत, जलविद्युत समूहमा १.३१ प्रतिशत, वित्त समूहमा १.५१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८४ प्रतिशत, लघुवित्त समूहमा १.३७ प्रतिशत र लगानी समूहमा १.४२ प्रतिशतको गिरावट आएको छ।
आज म्युचुअल फन्ड समूह स्थिर रहेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक ९ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सिद्धार्थ इन्स्योरेन्सको ५ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ४ करोड २४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ११ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड ८७ लाख रुपैयाँ, युनियन लाइफ इन्स्योरेन्सको ३ करोड १८ लाख रुपैयाँ, युनाइटेड इदी मर्दीको ३ करोड ११ लाख रुपैयाँ, निफ्राको ३ करोड रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ९३ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन युनाइटेड इदी मर्दी र सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19