काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दुई कम्पनीका पौने १६ लाख बढी कित्ता सेयर सूचीकृत भएका छन्। 

नेप्सेमा रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको कुल १५ लाख ८२ हजार ७८६.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६.५ कित्ता र नेपाल हाइड्रोको २ लाख ९ हजार ३०० कित्ता छन्। 

गत आर्थिक वर्षका लागि रिलायन्स फाइनान्सले १५ प्रतिशत र नेपाल हाइड्रोले ७ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।