काठमाण्डौ । शिवम् सिमेन्टको सेयर दोश्रो बजारमा यही साताभित्र सूचिकरण हुने भएको छ ।
नेप्सेको सूचिकरण शाखाका सुबोध ढुंगेलले यही साताभित्र शिवम्को साधारण सेयर सूचिकरण गराउने गरी तयारी अगाडि बढेको बिजशालालाई जानकारी दिएका छन् ।
यो कम्पनीको साधारण सेयर फागुन २२ गते बाँडफाँड भएको थियो ।
सेयर बाँडफाँडपछि शिवम् सिमेन्ट लिमीटेडले दोश्रो बजारमा सूचिकरण गरी कारोबार खुलाउनका लागि सिडिएससी र नेप्सेमा गत बिहीबार नै निवेदन दिइसकेको छ ।
नेप्सेको सूचीकरण शाखाले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ बमोजिम शिवम् सिमेन्टले पेश गरेको कागजातको अध्ययन लगभग सकेको र अब यही साताभित्रै सूचिकरण हुने गरी आवश्यक तयारी थालिएको ढुंगेलले जानकारी दिए ।
सूचिकरणपछि शिवम सिमेन्टको पहिलोपटक दोश्रो बजारमा कारोबार खुल्नेछ । रियल सेक्टरको पहिलो कम्पनीको रुपमा शिवमको दोश्रो बजार प्रवेश र यसको सुरुवाती कारोबार मूल्यलाई लगानीकर्ताहरुले व्यग्र चासोका साथ प्रतिक्षा गरिरहेका छन् ।
शिवम् सिमेन्टले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता ३०० र आयोजना प्रभावितका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19