काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज झन्डै ९ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो। यो कम्पनीको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद नेप्सेमा सूचीकृत भएको छ। 

छ्याङ्दी हाइड्रोपावरको केही समयअघि आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ३० प्रतिशतबराबरको हकप्रद सेयर जारी गरेको थियो। सोही हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो।