काठमाण्डौ । लामो समयपछि आज फेरि नेप्से चार्टमा ड्रागन फ्लाई डोजी बनेको छ।
बजारको सुरु, अन्तिम र अधिकतम सूचक एउटै भएर न्यूनतम सूचक धेरै तल भई लामो धागो देखिएमा त्यस्तो आकृतिलाई ड्रागन फ्लाई डोजी भनिन्छ। यो आकृति अंग्रेजीको 'T' आकारको देखिन्छ। यसले दिनभरको कारोबारमा बिक्रीकर्ता हावी भएको र अन्तमा क्रेता हावी भएर बजारलाई माथि धकेलेको बुझिन्छ। यो मैनबत्तीको तल लामो धागोले क्रेताको चाप रहेको बुझिन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस् हरियो एरो)
लामो समयको घट्दो ट्रेन्ड तथा लामो रातो मैनबत्तीपछि यस्तो आकृति (ड्रागन फ्लाई डोजी) बनेमा बजार बुलिस ट्रेन्डमा जाने सम्भावनाको संकेत गर्छ। केही समयपहिले यस्तै आकृति बन्दा बजार लामो समय बढेको थियो। (मुख्य तस्बिरमा हेर्नुहोस् कालो एरो)
यसविपरीत लामो समयको बुलिस बजार तथा हरियो मारुबुजु क्यान्डलपछि यस्तो चित्र देखा परेमा बजार बियरिसतर्फ जाने संकेत गर्छ। हाल लामो गिरावटपछि ड्रागन फ्लाई डोजी बनेकोले बजार बुलिसको सम्भावना देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago