काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४४ लाख बढी कित्ता थपिएको छ।

नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

यो कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई कुल २१.०५२२६ कित्ता लाभांश वितरण गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२२६ नगद लाभांश रहेको थियो। 

सोही २० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।