काठमाण्डौ । दोश्रो बजारमा तीन कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर थपिएको छ । 

नेपाल स्टक एक्सचेञ्जले शुक्रबार एनएमबी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बुटवल पावर कम्पनीको १ करोड ३८ लाख ७७ हजार ७५.९५ कित्ता बोनस सेयर सूचिकृत गरेको हो । 

नेप्सेमा एनएमबी बैंकको ८७ लाख ४३ हजार ७८४.२२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । 

यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलको २९ लाख १४ हजार ४५७.७३ कित्ता बोनस सेयर र बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८घ४ कित्ता बोनस सेयर सूचिकरण भएको छ । 

दोश्रो बजारमा सेयरको अधिक आपूर्ति भइरहेकै बेला १ करोड ३८ लाख बढी कित्ता सेयर थपिएको हो । यसले आपूर्तिमा अझै दवाब सिर्जना गर्ने देखिन्छ ।