काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पौने ६ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्त ५ लाख ८२ हजार २५४.४ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

महुली लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।