काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा मल्टीपर्पस फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीको ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।