काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झन्डै साढे ६४ लाख कित्ता सेयर थपिएको छ।
नेप्सेमा आज नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेसनल लाइफले आर्थिक वर्ष २०७६/७७ का लागि कुल २० प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश रहेका थिए।
सोही १९ प्रतिशतबराबरको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago