काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २२ लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको २२ लाख कित्ता सेयर सूचीकृत भएको छ। 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज सूचीकृत भएको हो।