काठमाण्डौ । सोमबार बजार बढेको छ । नेप्से परिसूचक ३.८७ अंकले बढेर ११३८.६७ को विन्दूमा फर्किएको हो ।
यो दिन बजारमा २४ करोड भन्दा केही बढीको सेयर कारोबार भएको छ ।
केही दिनदेखि घटिरहेको बजार सोमबार बढेको हो । नेप्सेको अनलाइनको भद्रगोलका कारण लगानीकर्ताको मनोबल खस्किरहेको समयमा बजारमा भएको झिनो बढोत्तरीबाट धेरै उत्साहित भइहाल्नुपर्ने अवस्था भने छैन ।
बजारका समस्या मानिएका विषय जस्ताको तस्तै छन् । अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्था अन्तका लागि अझै समय लाग्ने नेप्से र भेण्डर कम्पनीले स्वीकार गरिसकेका छन् ।
बैंकको ब्याजदर बजारलाई अनुकुल हुने हिसाबले अपेक्षित रुपमा घट्ने अवस्था छैन भने बजार सुधारका लागि विभिन्न पक्षबाट हुनुपर्ने प्रयास समेत सार्थक रुपमा हुन सकेका छैनन् । समग्रमा बजारका लागि खासै सुखद अवस्था नरहेको र तेश्रो त्रैमासमा बैंकको ब्याज तथा कर दाखिला गर्नुपर्ने जस्ता बाध्यताले बजारमा बिक्री चाप बढ्नसक्छ । यस्तो बेलामा लगानीकर्ताले सम्हालिएर खरीदबिक्रीको निर्णय लिनु श्रेयस्कर हुन्छ ।
सोमबार राम्रा कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.९५ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.३४ अंकको सुधार देखिएको छ ।
बजारका ४ वटा समूहको सूचक घटेका छन् भने बाँकी ६ समूहको सूचक बढेको छ ।
जलविद्युत समूह १.७६ अंकले घटेको यो दिन बित्त समूहमा २.१४ अंक, उत्पादनमूलकमा २३.७९ अंक र अन्य समूहमा ३.९७ अंकको गिरावट देखिएको छ ।
बैंकिंग समूह ४.७३ अंकले बढेको यो दिन होटल समूह ८.५४ अंक, विकास बैंक समूह १०.२५ अंक, निर्जीवन बिमा समूह ४२.७५ अंक, जीवन बिमा समूह ५०.३ अंक र माइक्रोफाइनान्स समूह ५.८७ अंकले बढेका छन् ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका ९ लाख २९ हजार ३९७ कित्ता सेयर २४ करोड २७ लाख २७ हजार ७५५ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको २ करोड ८ लाख बढीको संस्थापक सेयर किनबेच भयो ।
नागरिक लगानीकोषले १ करोड १२ लाख बढीको कारोबार गरेको यो दिन एनसीसी बैंकले ८८ लाख, अपर तामाकोशीले ८४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ६७ लाख, नेपाल बैंकले ६५ लाख, छिमेक लघुवित्त विकास बैंकले ६० लाख, सेञ्चुरी कमर्सियल बैंकले ५६ लाख र एभरेष्ट बैंकले ५५ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो ।
शिवम सिमेन्ट र युनिभर्सल पावरका लगानीकर्ताले धेरै गुमाए । यी दुवै कम्पनीको सेयरमा सोमबार पनि १० प्रतिशतको हाराहारीमा पहिरो गई नेगेटिभ सर्किट लाग्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19