काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज तीन कम्पनीका साढे २८ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा समृद्ध फाइनान्स, सेन्ट्रल फाइनान्स र साल्ट ट्रेडिङ कर्पोरेसनको २८ लाख ६५ हजार ९१९.३९५९ कित्ता सेयर थपिएको हो। जसमा समृद्ध फाइनान्सको हकप्रद सेयर हो भने अन्य दुई कम्पनीका बोनस सेयर हुन्।
नेप्सेमा समृद्ध फाइनान्सको १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद सूचीकृत भएको छ। यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो।
यसैगरी सेन्ट्रल फाइनान्सको ६ लाख ७८ हजार ३९७.४९५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले सेयरधनीहरुलाई ७.७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
त्यस्तै साल्ट ट्रेडिङले सेयरधनीहरुलाई वितरण १० प्रतिशत बोनस सेयर सूचीकृत पनि नेप्सेमा सूचीकृत भएको छ। जसअनुसार २ लाख ३० हजार ४८२.९० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago