काठमाण्डौ । सेयर बजार बुधबार झिनो गिरावट आएको छ।
बजार आज ७.१९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१३०.७३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४१४.४७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको मात्रै भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बजारमा करिब–करिब बटम लागेको जस्तो देखिएको बताउँछन्। ‘आज सामान्य अंकको गिरावट आउनुले बजार अब घट्न रोकिएको हो भन्ने बुझ्न सकिन्छ’, उनले भने।
पछिल्लो समय बैंकिङ प्रणालीमा पनि तरलता सहज हुँदै गएको लम्साल बताउँछन्। ‘लगानीकर्ताहरु अब मौद्रिक नीतिको प्रतीक्षामा छन्’, उनले भने, ‘४–१२ क्याप र सीडी रेसियोमा केही न केही सहज हुने आशा लगानीकर्ताको छ।’
सक्रिय लगानीकर्ता महेश रिजाल बैंकमा विस्तारै तरलता बढ्दै गएको बताउँछन्। ‘अब बजार सम्हालिन सक्ने देखिन्छ’, उनले भने, ‘यद्यपि लगानीकर्तामा ब्याजदर बढ्छ कि भन्ने डर छ।’
केही दिनदेखि इन्भेस्टमेन्ट बैंकको कारोबारले बजार घटाएको रिजाल बताउँछन्। ‘अब हिमालयन बैंकको कारोबार खुलेपछि पनि बजार प्रभावित हुन सक्छ’, उनले भने।
बजारमा अन्य डराउनुपर्ने कारण नरहेको रिजाल बताउँछन्। ‘असार र साउनमा बजार सामान्य अवस्थामै रहेन र भदौबाट राम्रै लय समात्न सक्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ०.६८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ०.५९ प्रतिशतले बढ्दा वित्त समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक १.८३ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १.७५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६४ प्रतिशत, अन्य समूहमा ०.२२ प्रतिशत, लघुवित्त समूहमा ०.३ प्रतिशत, जीवन बीमा समूहमा १.५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३६ प्रतिशत र लगानी समूहमा ०.१९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ३० लाख २० हजार ६७ कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल इन्भेस्टमेन्ट बैंकको सर्वाधिक १२ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिखर इन्स्योरेन्सको ३ करोड ७८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड २० लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ८७ लाख रुपैयाँ, मेगा बैंकको २ करोड ७५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ३४ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ करोड ३२ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको २ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन मैलुङ खोला जलविद्युत र बलेफी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यीमध्ये मैलुङ खोलाको सेयरभाउमा १० प्रतिशत र बलेफी हाइडङोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
आज शिखर इन्स्योरेन्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशत गिरावटसहित नेगेटिभ सर्किट लागेको छ। नेपाल इन्भेस्टमेन्ट बैंक र गुराँस लघुवित्तको सेयरभाउ पनि ७ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago