काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सवा ४६ लाख कित्ता बढी सेयर थपिएको छ। 

नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। 

यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो। जसअनुसार कम्पनीले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो।