काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक करोड कित्ता सेयर थपिएको छ।

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। 

यो कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको १ करोड ७९ हजार ९५८.९३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। 

आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल लाइफले आफ्ना सेयरधनीहरुले १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही सेयर नेप्सेमा सूचीकृत भएको हो।