काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे १० लाख कित्ता बढी सेयर थपिएको छ।

नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको १० लाख ६१ हजार २२४.२६ कित्ता सेयर सूचीकृत भएको छ। 

नेरुडे लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २१.४८७६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।