काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने १७ लाख कित्ता बढी सेयर थपिएको छ। 

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको १६ लाख ८० हजार कित्ता सेयर सूचीकृत भएको छ। 

यो कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।