काठमाण्डौ । नेप्सेको डेली चार्टमा आज म्याक्डीले बुलिस क्रसओभर बनाएको छ। 

यदि एमएसीडी लाइनले सिंगल लाइनलाई तलबाट काटेर माथि जान्छ भने बुलिसक्रस ओभर बनेको मानिन्छ। आज म्याक्डीमा नै हिस्टोग्राम पनि सकारात्मक बनेको छ। (हेर्नुहोस् म्याक्डीमा कालो एरो) 

त्यसैगरी बोलिंगर ब्यान्डमा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर बुलिस पिनबार बनेपछि आज हरियो लामो मारुबुजु क्यान्डल बनेको छ। यसले बजार अब विस्तारै मजबुत बन्दै गएको देखिन्छ। 

बोलिंगर ब्यान्डमा नै आगामी दिन यदि मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गरेर माथि जान्छ भने बजार थप बुलिस बन्दै गएको बुझिन्छ। 

त्यसैगरी आज आरएसआई पनि ओभरसोल्ड जोन ३० बाट माथि ४० को तहमा पुगेको छ। आज बजार १९३६ को विन्दुभन्दा माथि नै गएर बन्द भएकोले मजबुत देखिन्छ। 

अबको प्रतिरोध १९९९ को विन्दुमा देखिन्छ। आगामी दिनमा यदि बजार यो विन्दुभन्दा माथि गएर बन्द हुन्छ भने बजार थप मजबुत भएको मनिनेछ। 

योसँगै बजारमा आज लामो समयपछि कारोबारमा पनि सुधार आएका कारण बजार थप मजबुत हुँदै गएको देखिन्छ।