काठमाण्डौ । नेप्सेमा आज दुई लघुवित्तसहित तीन कम्पनीका २० लाख कित्ता बढी सेयर थपिएको छ। 

नेप्सेमा एभरेस्ट इन्स्योरेन्स, समिट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तका कुल २० लाख २ हजार ९७४.६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा एभरेस्ट इन्स्योरेन्सको ७ लाख १० हजार १६२.६४ कित्ता, समिट लघुवित्तको ९ लाख ९७ हजार कित्ता र जनउत्थान समुदायिक लघुवित्तको २ लाख ९५ हजार ८१२ कित्ता छन्। 

यी कम्पनीले गत आर्थिक वर्षमा बाँडेका बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन्। गत आर्थिक वर्षका लागि एभरेष्ट इन्स्योरेन्सले ६ प्रतिशत, समिट लघुवित्तले २५.२८५४ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तले २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।