काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे ९ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा आरम्भ चौतारी लघुवित्त र मिथिला लघुवित्तको ९ लाख ४३ हजार ७६.९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२.६१ कित्ता र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता सेयर सूचीकृत भएको छ। 

यी दुवै लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेका बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। गत आर्थिक वर्षका लागि आरम्भ चौतारीले १९.६२ प्रतिशत र मिथिला लघुवित्तले २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।