-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले म्युचुअल फण्डको सब–इण्डीसेस थप्ने भएको छ ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले म्युचुअल फण्डको सब–इण्डीसेस थप्ने उद्देश्यले अन्तिम चरणको परीक्षण भइरहेको जानकारी दिए ।
हाल म्युचुअल फण्डको सब–इण्डीसेस बैंकिङ सब–इण्डीसेसअन्तर्गत नै राखिएको उल्लेख गर्दै विकास बैंक र माइक्रोफाइनान्सलाई छुट्याएजस्तै अब म्युचुअल फण्डलाई पनि अलग गर्न लागिएको उनले बताए ।
‘विकास बैंक र माइक्रोफाइनान्स कम्पनीका सेयरमूल्यमा धेरै फरक थियो, त्यही भएर म नेप्सेमा आएपछि छुट्याएको हुँ । योजस्तै अब म्युचुअल फण्डको पनि अलग्गै सब–इण्डीसेस बनाउन लागिएको हो ।’
नेप्सेले हाल नेप्से, सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स गणना गरिरहेको छ । यस्तै, सब–इण्डीसेसहरुमा बैंकिङ, ट्रेडिङ, होटल्स, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, जीवन बीमा, नीर्जिवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य गरी जम्मा ११ वटा रहेका छन् ।
म्युचुअल फण्ड पनि थप भएपछि सब–इण्डीसेसको संख्या १२ पुग्नेछ ।
नेप्सेमा हाल १३ वटा म्युचुअल फण्डहरु सूचीकृत भई दोस्रो बजारमा समेत कारोबार भइरहेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार ४ वटा म्युुचुअल फण्ड पाइपलाइनमा रहेका छन् भने ३ वटाले निष्कासन अनुमति समेत पाइसकेका छन् । निष्कासन गरिएका म्युचअल फण्डहरु सबै बन्दमुखी आयोजना रहेकामा पहिलो खुलामुखी म्युचुअल फण्ड एनआइबीएल सहभागिता फण्डले पनि स्वीकृति पाइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago