काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुईवटा म्युचुअल फन्ड सूचीकृत भएका छन्।
नेप्सेमा एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया फ्लेक्स क्याप फन्ड र कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने कुमारी धनवृद्धि योजना सूचीकृत भएका हुन्।
नेप्सेमा १० रुपैयाँ अंकित दरका एनआईसी एसिया फ्लेक्स क्याप फन्डका १० करोड २० लाख इकाइ र कुमारी धनवृद्धि योजनाका १२ करोड २५ लाख ७ हजार २५९ इकाइ सूचीकृत भएका छन्।
एनआईसी एसिया फ्लेक्स क्याप फन्डको योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल र कुमारी धनवृद्धि योजनाको योजना व्यवस्थापनमा कुमारी क्यापिटल रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19